+

अन्तिम खेलमा सुदूरपश्चिमलाई हराउँदै एपीएफको सान्त्वना जित

२०८१ जेठ  २५ गते १६:३८ २०८१ जेठ २५ गते १६:३८
अन्तिम खेलमा सुदूरपश्चिमलाई हराउँदै एपीएफको सान्त्वना जित

२५ जेठ, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगमा सुदूरपश्चिम स्पोर्टस् क्लबलाई हराउँदै एपीएफले सान्त्वना जित हात पारेको छ ।

एपीएफले सुदूरपश्चिमसँग ३–० को जित हात पारेको हो । २५–१६, २५–२१ र २५–२२ ले एपीएफले हराएको हो । लिगका ७ खेलमा ४ खेल हारेको एपीएफको यो तेस्रो जित हो ।

सुदूरपश्चिमको भने यो पाँचौं हार हो । सुदूरपश्चिमले प्रतियोगितामा २ खेल जितेको छ ।

आज पुरुषतर्फको तेस्रो खेल विभागीय क्लब त्रिभुवन आर्मीविरुद्ध टिपटप हेल्प नेपालको हुनेछ ।

लिग चरणको अन्तिम खेल विभागीय टिम नेपाल पुलिस र गण्डकी प्रदेशबीच हुनेछ ।

आज महिलातर्फ भएका लिग चरणका अन्तिम खेलमा एपीएफले त्रिभुवन आर्मीलाई हरायो भने दोस्रो खेलमा नेपाल पुलिस क्लब एभरेष्टसँग पराजित भयो ।

पुरुषतर्फको यस अघिको खेलमा बूढानीलकण्ठले कोशी प्रदेशलाई ३–२ ले हराएको थियो । लिगको महिला र पुरुषतर्फ दुवैको फाइनल खेल शनिबार हुनेछ ।

भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय