+
+

५७ वर्षको उमेरमा पनि सौन्दर्यको जादू छरिरहेकी सलमा हायक (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १२:४९

काठमाडौं । यस्तो लाग्छ, संसार नै सलमा हायकको सौन्दर्यको प्रशंसक छ । मेक्सिकोमा जन्मिएकी हलिउड अभिनेत्रीले पुनः यो कुरालाई प्रमाणित गरिदिएकी छन् ।

५७ वर्षीया सलमाले इन्स्टाग्राममा पोस्ट गरेको नयाँ फोटोमा उनी स्विमसुटमा देखिएकी छन् । यससँगै उनले झण्डै दुई दशकअघिको थ्रोब्याक सुटको तस्वीर पनि पोस्ट गरेकी छन्, जसमा उनले आफ्नो ‘पहिले र अहिले’बारे उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘केही पोज कहिल्यै पुरानो हुँदैनन् ।’ अहिले यी तस्वीर देखेर मानिस दिवाना हुन थालेका छन् ।

सलमाले इन्स्टाग्राम पोस्टमा सेयर गरेको पहिलो तस्वीर सन् १९९९ को ‘एच एन्ड एम’ ब्रान्ड क्याम्पेनको तस्वीर हो । जसमा उनी ब्राउन रङको बिकिनीमा देखिएकी छिन् ।

अर्को स्लाइडमा उनले ब्राउन मोनोकिनी स्विमसुटमा फोटो सेयर गरेकी छन् । यो फोटोमा टिप्पणी गर्दै फ्यानले दुई दशकपछि पनि उनी उत्कृष्ट देखिएको र यी फोटो प्रमाण भएको लेखेका छन् ।

‘फ्रम डस्क टिल डाउन’ र ‘वाइल्ड वाइल्ड वेस्ट’ जस्ता फिल्मबाट चर्चित सलमा सन् २०२१ मा ‘हाउस अफ गुच्ची’ र २०२३ मा ‘म्याजिक माइकज लास्ट डान्स’मा देखिएकी थिइन् । यससँगै उनी वेब सिरिज ‘ब्ल्याक मिरर’मा पनि देखिएकी थिइन् ।

इन्स्टाग्राममा उनले यस्तो फोटो सेयर गरेको यो पहिलो पटक भने होइन । उनले आफ्ना मनमोहक तस्वीरलाई लगातार सेयर गरिरहेकी छिन् । सलमाको फिल्मी करिअर उनको दमदार अभिनयका साथै बोल्ड अवतारका लागि पनि चिनिन्छ ।

उनलाई कुनै समय हलिउडको ‘सेक्स सिम्बल’ भनिन्थ्यो । सन् १९९६, २००३ र २००८ मा ‘पिपल’ म्यागजिनले उनलाई विश्वका ५० सबैभन्दा सुन्दर महिलाको सूचीमा स्थान दिएको थियो । जहाँ सन् २००५ र २००७ मा ‘म्याक्सिम’ म्यागजिनले पनि सलमालाई ‘हट १००’ लिस्टमा स्थान दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?