+

वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क

२०८१ जेठ  २७ गते १३:०३ २०८१ जेठ २७ गते १३:०३
वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क

काठमाडौं । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा वीर अस्पतालमा एक महिना ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने भएको छ । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झाले विज्ञप्तिमार्फत उक्त घोषणा गरेका हुन् ।

‘ब्रेन ट्युमर डे हरेक वर्ष जुन ८ का दिन मनाइन्छ । जेठ २६ देखि असार १६ गतेसम्म वीर अस्पतालमा ब्रेन ट्युमरको उपचारका लागि आउनु हुने बिरामीलाई अप्रेसन शुल्क शतप्रतिशत छुट गरिएको छ,’ डा. झाले भनेका छन् ।

शनिबार बिहान ब्रेन ट्युमरबाट प्रभावित भएका व्यक्ति, तिनका परिवार र समाजमा यसबारे जानकारी दिने उद्देश्यले प्रभातफेरीको समेत गरिएको थियो ।

‘चिकित्सा विज्ञानमा दिनानुदिन खोज, अनुसन्धान र प्रगति भइरहेका छन्, त्यसको बाबजुद पनि ब्रेन ट्युमरको निदान र उपचार जटिल र प्रायः चुनौतीपूर्ण नै रहन्छ,’ डा. झाले भनेका छन्,  ‘ब्रेन ट्युमरसम्बन्धी अनुसन्धान बढाउन, बिरामीहरूको उपचारमा सुधार गर्न, प्रभावित व्यक्तिहरुलाई साथ र समर्थन गर्नका लागि ती नियम निर्माण गर्ने तहमा यससम्बन्धी कुरा उठाउन पनि सबैमा जानकारी दिनु आवश्यक छ ।’

ब्रेन ट्युमरसम्बन्धी लक्षण र यसका जोखिमहरु समयमा पहिचान गर्ने र समयमै उपचारको पहल गर्ने हो भने यस रोगबाट पर्ने असर कम गर्न सकिने डा. झाको भनाइ छ ।

ब्रेन ट्युमर वीर अस्पताल स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया

न्युक्लियर मेडिसिन : रोगको निदान र उपचार एउटै प्रविधिबाट

न्युक्लियर मेडिसिन : रोगको निदान र उपचार एउटै प्रविधिबाट

पोखरा–२२ का नागरिकलाई एनपीएलले परीक्षणमा छुट दिने

पोखरा–२२ का नागरिकलाई एनपीएलले परीक्षणमा छुट दिने