+
+

वीरगञ्जमा पुरुषको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते ७:०८

२८ जेठ, काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित खुला चौरमा एक जना पुरुषको शव फेला परेको छ ।

आइतबार साँझतिर खुला चौरमा एक जना व्यक्ति मृत फेला परेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

कालो रंगको सर्ट, निलो रंगको टिसर्ट, कालो रंगको जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएका व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

करिब २५/३० वर्षको देखिने ती व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । शव मुचुल्का गरी नारायणी अस्पतालको शवगृहमा राखिएको छ ।

मृत भेटिएका ती व्यक्तिको अनुहारमा रगत देखिएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?