 
																			२८ जेठ, काठमाडौं । संकटकालीन योजना अभ्यासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार आधा घण्टासम्म प्रभावित हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्धारसँग सम्बद्ध विभिन्न निकायको सहभागितामा आज दिउँसो साढे १ देखि २ बजेसम्म विमानस्थल संकटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासमध्ये ‘एयरक्राफ्ट एक्सिडेन्ट इन एयरपोर्ट’ सम्बन्धी पूर्णकालीन अभ्यास हुन लागेको हो ।
‘आज दिउँसो साढे १ देखि २ बजेसम्म त्रिभुवन विमानस्थलका उडान–अवतरण सामान्य डिले हुन सक्छन्,’ विमानस्थलका प्रवक्ता सुवास झाले अनलाइनखबरसँग भने, ‘त्यो समयमा विमानस्थल बन्द हुने होइन, उडान–अवतरण सामान्य डिले भने हुन सक्छन् ।’
उनका अनुसार यसबारे आन्तरिक वायुसेवा कम्पनीदेखि नेपाल उडान गर्ने सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिसकिएको छ ।
नोटामअनुसार सबै वायुसेवाले उडान–अवतरण सेड्युल मिलाएका छन् ।
‘विमानस्थल धावनमार्गको पूर्वपट्टि भागमा पूर्णकालीन अभ्यास हुने भएकाले उडान–अवतरण रोकिने वा विमानस्थल नै बन्द हुँदैन,’ प्रवक्ता झाले भने, ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड तथा हाम्रो विमानस्थलको एयरपोर्ट इमर्जेन्सी प्लानअनुसार वर्षैपिच्छे अनिवार्य यस्तो अभ्यास गर्नुपर्छ ।’
उनका अनुसार अभ्यास क्रममा विमानस्थल वरिपरि आकासमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि तीव्र भएको देख्न सकिन्छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4