+
+

लक्ष्मी सनराइज बैंकको सक्रियतामा ६ हजार वृक्षारोपण

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १८:३३

काठमाडौं । लक्ष्मी सनराइज बैंकको सक्रियतामा देशभर करिब ६ हजार विरुवा रोपिएको छ ।

विश्व वातावरण दिवस २०२४ को अवसर पारेर देशभरका विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा विरुवा रोपिएको बैंकले जनाएको छ ।

विश्व वातावरण दिवसको ‘Our Land, Our Future. We are #GenerationRestoration’ भन्ने नारा तय गर्दै देशभर ५ हजार विरुवा रोप्ने लक्ष्य राखेको थियो ।

१ देखी ८ जुनसम्म विभिन्न शाखामार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगको सहकार्यमा करिब ६ हजार विरुवा रोपिएको बैंकले जनाएको छ ।

प्रोजेक्ट ५के सँगै लक्ष्मी सन्‌राइज बैंकले सोही दिवसमा आफ्नो एभोइडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?