+
+

व्यक्तित्व विकास सिक्दैछन् मिस नेपाल-२०२४ का फाइनलिस्ट सुन्दरी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते १२:५०

काठमाडौं । मिस नेपाल-२०२४ को तयारी यतिबेला धमाधम चलिरहेको छ । २६ फाइनलिस्टले यतिबेला व्यक्तित्व विकासबारेका कक्षा लिइरहेका छन् । आठ दिनसम्म २४ कक्षा आयोजना हुने द हिडन ट्रेजरले जनाएको छ ।

फोटोग्राफी, जीवन जिउने कला, पर्यटन, सार्वजनिक वक्तृत्वकला, खुसी कसरी रहने कला, महिला उद्यमशीलता, वातावरण लगायत विषयमा कक्षा चलिरहेका छन् ।

कर्ण शाक्यले पर्यटन, भवानी राणाले महिला उद्यमशीलता, भूषण तुलाधरले वातावरण, राजभाइ सुवालले फोटोग्राफी लगायतका विधामा कक्षा दिइरहेका छन् । आयोजक संस्था हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले एक सातासम्मै कक्षा सञ्चालन हुने बताए ।

अहिले हिडन ट्रेजरको कार्यालयमा कक्षा चलिरहेका छन् । दुई तीन सातापछि १४ वटा सहविधाको प्रतिस्पर्धा गर्ने हिडन ट्रेजरको तयारी छ । गत साता सबै फाइनलिस्टलाई स्यास वितरण गरिएको थियो ।

मिस नेपालको अफिसियल अनलाइन पोर्टलको रुपमा अनलाइनखबर डटकम रहेको छ । यस वर्षको ग्रान्ड फिनाले साउन १९ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ ।

तस्वीर सौजन्य : द हिडन ट्रेजर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?