
ललितपुर । शनिबारदेखि सुरु हुने युरो २०२४ प्रतियोगिताका खेलहरू डिसहोमको एचडी क्वालिटीमा हेर्न सकिने भएको छ ।
नेपाली समय अनुसार शनिबार बिहान पौने १ बजे जर्मनी र स्कटल्याण्डबीच खेल हुँदैछ । युरोपका २४ टिमको सहभागिता रहने प्रतियोगिताका खेलहरु डिसहोमको एचडी क्वालिटीमा हेर्न सकिने डिसहोमले जनाएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण सोनी नेटवर्क मार्फत हुनेछ ।
१४ जुलाईसम्म चल्ने प्रतियोगितामा ६ समूह बनाइएको छ ।
समूह ‘ए’ मा जर्मनी, स्कटल्यान्डसँगै हङ्गेरी र स्विटजरल्यान्ड छन् भने समूह ‘बी’ मा स्पेन, क्रोएसिया, इटाली र अल्बानिया रहेका छन् ।
यसैगरी समूह ‘सी’ मा स्लोभानिया, डेनमार्क, सर्बिया र इङ्ल्यान्ड छन् भने समूह ‘डी’मा नेदरल्यान्ड, अस्ट्रिया, फ्रान्स र पोल्यान्ड राखिएको छ ।
यसैगरी समूह ‘ई’ मा बेल्जियम, स्लोभाकिया, रोमानिया र युक्रेनलाई राखिएको छ भने समूह ‘एफ’मा टर्की, जर्जिया, पोर्चुगल र चेज रिपब्लिक छन् ।
प्रतिक्रिया 4