+
+

मिस नेपाल २०२४ को प्रसारण हिमालय टिभी एचडीमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १९:४६

काठमाडौं । मिस नेपाल २०२४ को आधिकारिक टेलिभिजन पार्टनरको रुपमा हिमालय टिभी अनुबन्धित भएको छ ।

टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल र द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापितले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सहमतिअनुसार, साउन १९ गते ललितपुरमा हुने मिस नेपालको ग्राण्ड फिनालेको प्रसारण हिमालय टिभी एचडीले गर्ने भएको छ । ‘यतिबेला दर्शकको लोकप्रिय च्यानलसँग प्रसारण सम्झौता गर्न पाउँदा हामी खुसी छौं’ हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले भने ।

यसबाहेक, मिस नेपालको एक्सक्लुसिभ जानकारी पनि दर्शकले हिमालय टिभीबाट प्राप्त गर्नेछन् । मिस नेपालको अनलाइन पार्टनरको रुपमा अनलाइनखबर डटकम छ ।

यतिबेला प्रतियोगिताको तयारी धमाधम चलिरहेको छ । २६ जना फाइनलिस्टले व्यक्तित्व विकासका कक्षा सिकिरहेका छन् । यसबाहेक १४ सहविधाको प्रतिस्पर्धा पनि गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?