
१ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि संक्षिप्त सूचीमा परेका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता जारी छ ।
राष्ट्रिय योजना आयोगको हलमा उम्मेदवारहरुको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता भइरहेको हो । व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि उम्मेदवारहरुलाई १५–१५ मिनेट समय छुट्याइएको छ ।
सरकारले गत माघमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको अध्यक्षतामा धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका सचिव र व्यवस्थापन विषयका प्राध्यापक उदय निरौला विज्ञ सदस्य छन् ।
समितिले २५ चैतमा धितोपत्र बोर्डको अध्यक्षका लागि डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्जका कृष्णबहादुर कार्की, तत्कालीन बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोष श्रेष्ठको नाम संक्षिप्त सूचीमा राखेको थियो ।
गत २० पुसमा बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड नेपाल धितोपत्र बोर्ड अध्यक्षविहीन छ ।
प्रतिक्रिया 4