+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

भौतिक मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ : अब्दुल खान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १६:३०

४ असार, काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटको छलफलमा भाग लिंदै खानले भौतिक मन्त्रालयको बजेट नेतामुखी भएकाले त्यसलाई पुनर्लेखन गर्नुपर्ने बताएका हुन् ।

खानले सत्तामा भएका व्यक्तिले केही क्षेत्र र केही जिल्लामा मात्रै बजेट सीमित गरेको बताए । उनले भने, ‘राष्ट्रिय योजना आयोगको अदूरदर्शी सोचका कारण मुलुकको विकास निर्माणको काममा सुधार हुन सकेको छैन ।’

सांसद खानले योजना आयोगले देशमा रूपान्तरण गर्ने खालको योजनालाई प्राथमिकतामा राखेर सोही अनुसारको कार्यक्रम ल्याउन नसकेको दाबीसमेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?