+
+
Shares

फाइनान्स सूचक १६ महिनाकै उच्च, ७ महिनामै मूल्य दोब्बर

माइक्रोफाइनान्सपछि फाइनान्सतिर कारोबारी आकर्षित भएका छन् । जसले गर्दा फाइनान्स सूचक २०७९ फागुन १० यताकै उच्च विन्दुमा पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते ९:२४

७ असार, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से १० अंक घट्दा पनि फाइनान्स समूह भने ४२ अंक बढ्यो । धेरै मूल्य बढ्नेमा पनि फाइनान्स कम्पनी अगाडि रहे । केही दिनयता फाइनान्स समूहको सूचकले यसैगरी नेप्सेलाई बेवास्ता गरी बढिरहेको छ ।

हाल फाइनान्स सूचक १६ महिनायताकै उच्चतम विन्दुमा पुगेको छ । यो सूचक हाल २३४० अंकमा पुगेको छ, जुन अंक १० फागुन २०७९ यताकै उच्च हो ।

पछिल्लो ७ महिनामा फाइनान्स सूचकको वृद्धिदर आक्रामक देखिएको छ । मंसिर ५ गते फाइनान्स समूहको सूचक १५८५ अंकमा थियो । त्यसयता ४७.६ प्रतिशतले यो सूचक बढिसकेको छ । हाल बजार घट्दा पनि यो सूचकको वृद्धिमा निरन्तरता देखिनुले कारोबारी यस क्षेत्रमा सक्रिय रहेको देखिन्छ ।

यसअघि माइक्रोफाइनान्स क्षेत्रमा पनि यहीं प्रवृत्ति देखिएको थियो ।

केही फाइनान्स कम्पनीको मूल्य सात महिनामै दोब्बर भएको छ । ७ महिनाअघि प्रतिकित्ता २७८ रुपैयाँ मूल्य रहेको नेपाल फाइनान्स अहिले ७६० नाघेको छ । सोही अवधिमा पोखरा फाइनान्सको मूल्य ३२५ बाट बढेर ६१९ रुपैयाँ पुगेको छ । न्यून फाइनान्समा पनि लोक्याप कम्पनीको मूल्य उच्च दरमा बढेको छ । सर्वसाधारणमा सबैभन्दा धेरै सेयर जारी गरेको मञ्जुश्रीको मूल्यवृद्धिदर सबैभन्दा न्यून देखिन्छ ।

पछिल्लो समय लोक्याप सेक्टरमा कारोबारीहरु सक्रिय रहेको लगानीकर्ता सुवासचन्द्र ढुंगाना बताउँछन् । ‘यसअघि माइक्रोफाइनान्स कम्पनीमा कारोबारी सक्रिय रहे, अब माइक्रोफाइनान्स केही हदसम्म महँगो भइसक्यो’ उनले भने ‘त्यस्तै अर्को लोक्याप सेक्टर फाइनान्स पनि हो, फाइनान्समा कारोबारी हाबी देखिन्छन् ।’

लोक्याप सेक्टरका कम्पनीहरु नै बजार बढ्नुअघि बढ्ने गरेको उनी बताउँछन् । बैंकिङ, इन्स्योरेन्सजस्ता हाई क्याप सेक्टरका कम्पनीलाई बढाउन सहज नभएको तर फाइनान्स तथा माइक्रोफाइनान्सजस्ता लोक्याप सेक्टरका कम्पनीलाई सहज रहेको उनले बताए ।

बजारमा जम्मा १५ वटा फाइनान्स कम्पनी सूचीकृत छन् । एकातिर कम्पनीहरु लोक्याप, अर्कोतिर यो क्षेत्रका कम्पनीको संख्या पनि धेरै नरहेकाले कारोबारीलाई फाइनान्स चलाउन सहज रहेको उनले बताए ।

समग्र बजार बढ्न नसकेका बेला कहिले माइक्रोफाइनान्स त कहिले फाइनान्स कम्पनीहरुको मूल्य छोटो समयमा उच्च दरले बढ्दा कारोबारीले नाफा लिँदै आएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?