+
+
Shares

गाउँगाउँमा सिंहदरबार गएन बरु गाउँलाई सिंहदरबार ल्याइयो : प्रेम सुवाल

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १३:५१

७ असार, भक्तपुर। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गाउँगाउँबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभाका माननीय सदस्यहरुले काठमाडौंमा घर बनाएर गाउँ-गाउँलाई सिंहदरबार ल्याइदिएको बताएका छन्।

भक्तपर नगरपालिकाको १६औ नगरसभाको शुक्रबार भक्तपुरमा उदघाटन गर्दै उनले भने यस्तो बताएका हुन् ।

सरकारको योजना सिंहदरबार गाउँगाउँ पुर्‍याउने रहेको तर व्यवहारमा भने गाउँगाउँलाई सिंहदरबार ल्याइपुर्‍याएको बताए ।

उनले भने, ‘प्रतिनिधि सभाका 2७५ सदस्यहरुमध्ये ७०÷८० जना सदस्यले मात्रै काठमाडौंमा घर बनाउन भ्याएका छैनन्, बाँकी सबैले काठमाडौंमा घर बनाइसके।
‘ अब यस्तो अवस्थामा गाउँगाउँमा कसरी सिंहदरबार पुग्छ भनी उनले प्रश्न गरे।

उनले निर्वाचनको बेला आफ्नो निर्वाचन क्षेत्रलाई स्वर्ग बनाइदिन्छु भनेर झुटो आवश्वासन दिने तर निर्वाचन जितेर आएदेखि काठमाडौंको घरमा बस्न आउनु विडम्वनापूर्ण रहेको बताए ।

‘उहाँहरू (माननीय) चुनावका बेला आफ्नो निर्वाचन क्षेत्रलाई स्वर्ग बनाइदिन्छु भनेर जनतालाई झुटो आवश्वासन दिनुहुन्छ। तर जब चुनाव जित्नुहुन्छ अनि काठमाडौंको घरमा आएर बस्‍नुहुन्छ फर्केर जानु हुन्न।यो जस्तो बिडम्बना अरू के होला ?’ उनले भने ।

उनले निर्वाचित क्षेत्रमै सांसदहरूलाई बस्‍नुपर्ने बाध्‍यता र काठमाडौंमा घर बनाउन नपाउने गरी नियम बनाउनु पर्ने बताए ।

‘उहाँहरू (माननीय) जुन क्षेत्रबाट निर्वाचित हुनुहुन्छ, , सोही क्षेत्रमै बस्नुपर्ने बाध्यता गर्न र काठमाडौंमा घर बनाउन दिन नपाउनुपर्ने नियम अब बनाउनुपर्‍यो। त्यसपछि मात्रै गाउँगाउँमा सिंह दरवार पुग्छ। नत्र त फेरि उही गाउँलाई लिएर उहाँहरू सिंहदरवार छेउमा आइपुग्नुहुन्छ।’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?