
काठमाडौं । ललितपुरको काठमाडौं मोडेल कलेज (केएमसी) ले ‘केएमसी फन मेनिया’ कार्यक्रम आयोजना गरेको छ । विद्यार्थी उत्प्रेरक कमिटीले ७ असारमा सो कार्यक्रम आयोजना गरेको हो ।
केएमसी ललितपुर, एओसी र एसीसीद्वारा आयोजित उक्त कार्यक्रम सिग्नेचर कार्यक्रमको रूपमा स्थापना गरिएको हो ।
केएमसी ललितपुरको खुला प्राङ्गढमा बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा एसईई दिएर बसेका देशभरका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा मौलिक परम्परा झल्किने सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा उपस्थित विद्यार्थीले कलेजको कार्यक्रमबाट प्रभावित भएको प्रतिक्रिया दिए ।
विद्यार्थीमा अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्ने उद्देश्यले विगतदेखि नै अतिरिक्त क्रियाकलाप गर्दै आएको कलेजका प्राचार्य सुनिल गैरेले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4