+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सालकको खपटा ओसारपसारमा ५ वर्ष कैद तोकिएका व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १८:०७

९ असार, काठमाडौं । संरक्षित वन्यजन्त सालकको खपटा ओसारपसारको कसूरमा ५ वर्ष कैद सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ घर भएका ४४ वर्षीय टासी भनिने टसी तामाङ छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

१७ मंसिर २०७० मा उनीविरुद्ध गौरीशंकर संरक्षण क्षेत्र, सम्पर्क कार्यालय दोलखाबाट ५ वर्ष कैद र ६२ हजार १७५ रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

७ असारमा गोकर्णेश्वर-४ नाम्गेल बसपार्कबाट पक्राउ गरी कैद भुक्तानका लागि दोलखा पठाइएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?