
१० असार, काठमाडौं । यस वर्षको मनसुन प्रणाली देशभर फर्किएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार २८ जेठमा कोशी प्रदेशको पूर्वी भूभागबाट मनसुन भित्रिएको थियो । त्यसपछि क्रमशः मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश हुँदै सोमबार देशभर फैलिएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4