 
																			११ असार, काठमाडौं । राष्ट्रिय चिकित्सा आयोगले एक सूचना जारी गरी चिकित्सा शिक्षाका विभिन्न विषयमा हाल प्रचलित शुल्कबारे जानकारी दिएको छ ।
आयोगका उपसचिव टीकारम शर्माले जारी गरेको सूचना अनुसार एमबीबीएसको उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यका बाहिर ४५ लाख ९५ हजार ७२० शुल्क कायम छ ।
त्यस्तै, बीडीएसमा २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार शुल्क छ । यसैगरी, बीएस्सी एमआइटी, बीपीटी, बी. मेडिकल माइक्रोलोजी र बी. बायोकेमेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक, बीएएसएलपी लगायतको शुल्क सात लाख ७७ हजार छ ।
हेर्नुहोस् चिकित्सा शिक्षाको शुल्क :
*यसअघिको समाचारमा चिकित्सा शिक्षाको नयाँ शुल्क निर्धारण भनी भुलवश उल्लेख भएकाले सच्याएका छौं । यो शुल्क हाल प्रचलित शुल्क नै रहेको जानकारी गराउछौं । – सम्पादक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4