+
+
Shares

इच्छाकामनामा बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

रासस रासस
२०८१ असार ११ गते १८:०९

११ असार, मुग्लिन (चितवन) । जिल्लाको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटमा नै अनुदानको व्यवस्था गरेको हो ।

गाउँपालिका उपाध्यक्ष माया सिलवालले सोमबार गाउँसभामा पेश गरेको बजेटमा बाँझो जमिन प्रयोग तथा साना सिँचाइ कार्यक्रमका लागि १५ लाख बजेट विनियोजन गरिएको उल्लेख छ ।

बाँझो जमिनमा खेती गर्ने किसानलाई आवश्यक बीउ सिँचाइलगायत अनुदान दिइने उनले बताइन् । गाउँपालिकाले बाख्रापालन, सुन्तलाखेती, मकैलगायत परम्परागत बाली संरक्षणलाई निरन्तरता दिएको सिलवालले जानकारी दिइन् ।

उपाध्यक्ष सिलवालका अनुसार किसानसँगको लागत साझेदारीमा बाख्रापालन प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि २७ लाख, सुन्तलाखेतीका लागि २६ लाख, मौरीपालन कार्यक्रमका लागि सात लाख, मकैखेती कार्यक्रमका लागि सात लाख, कृषि बाली तथा पशुपन्छीमा फैलिने रोग नियन्त्रण साथै मिनी ल्याब एवं औषधोपचार कार्यक्रमका लागि नौ लाख ५० हजार, पशुपालक किसानलाई पशुधनको उपचारमा प्रयोग हुने विभिन्न औषधि निःशुल्क उपलब्ध गराइने छ ।

साथै उत्पादनमा आधारित प्रोत्साहन प्रदान गर्न कृषि तथा पशु उत्पादनको लागि एकमुष्ट ६ लाख तथा सो को तथ्याङ्क अभिलेखीकरणका लागि एक लाख, सामूहिक खेती एवं नवप्रवर्तन प्रोत्साहनका लागि पाँच लाख विनियोजन गरिएको छ ।

पर्यटकीयस्थल जलवीरेमा कोसेली घर सञ्चालनमा ल्याई स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सहयोग गर्नका लागि २५ लाख, फिस्लिङ तरकारी उपज सङ्कलन केन्द्रलाई कृषकहित अनुकूल हुने गरी कार्यविधिअनुरुप सञ्चालनमा ल्याउनका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?