+
+

भरतपुर विमानस्थल स्तरोन्नतिले गति लिएको छ : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ११ गते १४:१०

११ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले भरतपुर विमानस्थलको स्तरोन्नति गर्ने कार्य तीव्र गतिमा भइरहेको बताएका छन् ।

यस विमानस्थलको स्तरोन्नतिपछि कनेक्टिभिटी सुलभ हुने उनको भनाइ छ ।

चितवनमा होटल मुनाल एन्ड मयुरको उद्घाटन गर्दै उनले नयाँ टर्मिनल भवन बनिरहेको र स्तरोन्नतिको काम छिट्टै सकिने बताए ।

भरतपुरमा श्री एयरलाइन्सले उडान सुरु गर्न लागेको र त्यसले हवाई सेवमा समेत प्रतिस्पर्धा हुने उनले बताए । यहाँ अहिले बुद्ध एयरको मात्र उडान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?