+
+

केदार बरुवाल क्षेत्रीले ल्याए ‘टाढा टाढा’

रासस/एएनआई रासस/एएनआई
२०८१ असार २१ गते ९:२०

काठमाडौँ । गायक केदार बरुवाल क्षेत्रीको स्वर तथा संगीत रहेको ‘टाढा टाढा’ बोलको गीत सार्वजनिक भएको छ । हाल अष्ट्रेलियामा बस्दै आएका गायक बरुवालले आफ्नै शब्द रचना रहेको टाढा टाढा बोलको गीत बजारमा ल्याएका हुन् ।

गीतमा एक प्रेमील जोडीको प्रेम, रोमान्स र विरहको कथालाई देखाइएको छ । गीतको भिडियोमा केशवराज भट्टले निर्देशन गरेका छन् भने रमन बज्राचार्यको एरेन्ज रहेको छ।

यस्तै गीतको छायांकन उत्सब दाहाल गरेका हुन् भने सम्पादन दिलशन शाहले गरेका हुन् । भिडियो गायक बरुवालकै अफिसियल च्यानल केदार बरुवाल क्षेत्रीबाट रिलिज गरिएको हो । गायक क्षेत्रीले यसअघि गाजलु, जब तिमी, कति थियो सपना, एक पल तिमी नहुँदा, आँखैमा गाजल लगायत दर्जन बढी गीत बजारमा ल्याइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?