+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : सांसद राई

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १७ गते १२:१५

१७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले भ्रष्टाचार अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएकी छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले भनिन्, ‘पहिलो हुने निर्वाचन प्रणालीमा एक मत बढी भए पनि जीत र हार निकाल्ने खेल भ्रष्टाचारको एउटा मुख्य अंश हो । प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवारले मौन अवधिको समयमा मतदाता प्रभावित गर्ने अवस्था अन्त्य गर्नुपर्छ ।’

समानुपातिक निर्वाचन प्रणालीका विषयमा संविधान संशोधन गर्नुपर्ने आवाज कतिपयले उठाइरहेका बेला माओवादी सांसद राईले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएकी हुन् ।

‘हाम्रो जस्तो विविधतायुक्त समाजमा समान सहभागिता र न्यायपूर्ण प्रतिनिधित्व पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत मात्र सम्भव हुन्छ । व्यक्ति/व्यक्ति उम्मेदवार नहुने यो प्रणाली भ्रष्टाचार अन्त्य हुने संवैधानिक औषधि पनि हो,’ उनले भनिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?