
तस्वीर : वुद्धिमान वली ।
१७ असार, काठमाडौं । (अपडेट) रोल्पाको माडी गाउँपालिका-३ परेवा छहरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
माडी गाउँपालिका २ घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ जिप सोमबार बेलुकी करिब ४ बजे सडकबाट ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनाका घाइतेहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको छ । हालसम्म ५ जना घाइतेलाई अस्पताल ल्याइएकामा २ जनाको मृत्युको घोषणा भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिए ।
जिपमा १५ जना सवार रहेको जानकारी आएको उनले बताए । उनीहरुलाई पनि उद्दार गरेर जिल्ला अस्पतालतर्फ ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4