
१८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि पदाधिकारी बैठक बोलाएको छ ।
सत्ता समीकरण बदलिने भएपछि त्यसबारे छलफल गर्न राप्रपाले आज दिउँसो २ बजे पदाधिकारी बैठक बोलाएको हो ।
बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
परिवर्तित राजनीतिबारे धारणा बनाउन पदाधिकारी बैठक बोलाइएको उनको भनाइ छ ।
सोमबार मध्यरातमा कांग्रेस-एमालेबीच गठबन्धनको सहमति भएपछि अरु दलहरूले पनि छलफलमा जुटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4