+
+
Shares

सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १८ गते ११:२७

१८ असार, काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

२० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशत (थप १ प्रतिशत विन्दु)ले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
दोस्रो सर्किटपछि नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक (५ प्रतिशत) बढेको छ ।

यतिबेलासम्म बैंकिङ ५.७, विकास बैंक ४.८, फाइनान्स ५.१, होटल ३.९, हाइड्रोपावर ५.१, लगानी ६.०५, जीवन बीमा ४.३६, उत्पादन ५.३५, माइक्रोफाइनान्स २.९९, निर्जीवन बीमा ३.४, अन्य ५.९ तथा व्यापार ३.४ प्रतिशत बढेका छन् ।

कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

 

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?