+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

प्रहरीमा सहकारी ठगीका ५५ हजार उजुरी, ११५० जना प्रतिवादी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १७:३३

२१ असार, काठमाडौं । ५५ हजार ४१० जनाले प्रहरीमा विभिन्न सहकारीबाट ठगिएको भन्दै उजुरी दिएका छन् । उजुरीको संख्या भने ५ हजार ३०० रहेको छ ।

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’को छलफलमा प्रहरीबाट यस्तो तथ्याङ्क प्रस्तुत भएको हो ।

शुक्रबार समितिले गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षक तथा सीआईबी प्रमुख श्यामलाल ज्ञवाली र प्रहरी अतिरिक्त महानिरीक्षक तथा अपराध अनुसन्धान विभाग प्रमुख टेकबहादुर तामाङसँग छलफल गरेको थियो ।

छलफलका क्रममा सहकारी ठगीका ५ हजार ३०० उजुरी प्रहरीमा दर्ता भएको र त्यसमा ११ अर्ब ४७ करोड ६६ लाख बिगो बराबर मागदाबी रहेको विवरण प्रस्तुत भएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।

सहकारी संस्थाहरूमार्फत भएको बचत दुरुपयोगका सम्बन्धमा अनुसन्धान गर्ने एउटा महत्वपूर्ण निकाय नेपाल प्रहरी हो । नेपाल प्रहरीको समग्र जिम्मेवारी अन्तर्गत अपराध अनुसन्धान विभाग र सीआईबी दुवैले आफ्नो संयन्त्र अन्तर्गत अनुसन्धान गर्दै आएका छन् ।

यी तीन वटै निकायका प्रमुखहरूसँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले शुक्रबार छलफल गरेको हो । संसदीय छानबिन विशेष समितिलाई १९ वटा सहकारीमा भएको भनिएको ठगीको विषयमा अनुसन्धान गर्ने कार्यादेश दिइएको छ ।

कार्यादेश अन्तर्गत रहेर समितिले तीन वटै निकायलाई सहकारी सम्बद्ध उजुरीको, छानबिन भएको विषयको, पक्राउ परेर जेल चलान भएको, पुर्पक्षका लागि थुनामा रहेको, फरार रहेको, विदेशमा फरार रहेको अवस्थाको विवरण माग गरेको थियो ।

उजुरी दर्ता हुने क्रम जारी रहेको, दर्ता भएकामध्ये ९८ वटा उजुरीमा अनुसन्धान गरेर मुद्दा दर्ता गरिसकेको भनिएको छ । मुद्दा चलाइएका अधिकांश ठगीसँग सम्बन्धित रहेका छन् ।

उजुरीको संख्या काठमाडौंमा सबैभन्दा बढी रहेको र पीडितहरूको संख्या ५ हजार ६ सय ४८ जना रहेको भनिएको छ ।

समग्र उजुरीमा ११ सय ५० जना प्रतिवादी रहेका छन् । त्यसमध्ये २९४ जना पक्राउ परेका छन् । ८५६ जना प्रतिवादी फरार रहेका छन् । फरार रहेका व्यक्तिका सन्दर्भमा डिफ्युजन र रेड कर्नर नोटिसको प्रक्रियामा अगाडि बढेको र केहीको हकमा रेड कर्नर नोटिस जारी भइसकेको छ ।

‘जिबी राई र देवकुमार नेपालीसँग सम्बन्धित विषयमा रेड कर्नर नोटिस जारी भएको कुरा राख्नुभएको छ’ समिति सभापति थापाले जानकारी दिए । उनका अनुसार समितिले भरत महर्जन, जिबी राई, कुमार रम्तेल, देवकुमार नेपाली, सुवास केसी, रोशनी गुरुङ सहितका प्रतिवादीहरूको बारेमा समेत सोधेको छ ।

संसदीय छानबिन समितिका सभापति थापाका अनुसार सहकारी ठगीमा डमी ऋणीको संख्यासमेत देखा परेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?