+
+
Shares

सबै काण्डको छानबिन हुन्छ, प्रतिशोध नभई हिसाब हुन्छ : लामिछाने

आरोप आफूलाई लगाए पनि रास्वपाको सरकारले १०० दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता दिन सुरु गर्ने उनले दाबी गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १६:३८

१२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले २०४६ यताका सबै भ्रष्टाचार काण्डको छानबिन हुने कुरा दोहोर्‍याएका छन् । मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

‘२०४६ सालपछिका सबै काण्डको छानबिन हुन्छ,’ लामिछानेले भने, ‘प्रतिशोध हुँदैन हिसाब हुन्छ ।’ लघुवित्त, सहकारी लगायतका समस्यामाथि पनि छानबिन हुने उनले बताए ।

‘जति पनि लघुवित्त, सहकारी लगायतका जति पनि समाधान निकाल्न नसकेर आरोपमाथि आरोप लगाएर, यसलाई समस्याग्रस्त बनाएर राख्ने तर समाधान गर्न नसक्नेहरूलाई यहीबाट भन्न चाहन्छु–रवि लामिछानेलाई थुन्नबाहेक कुनै मान्छेले एक रुपैयाँ पायो ? पाएन,’ उनले भने ।

आरोप आफूलाई लगाए पनि रास्वपाको सरकारले १०० दिनभित्र साना बचतकर्ताको पैसा फिर्ता दिन सुरु गर्ने उनले दाबी गरे ।

रास्वपाको सरकारले सुकुमवासीको समस्यालाई समस्या बनाएर नराख्ने उनले बताए । ‘यो अन्तिमपटक हुन्छ । दीर्घकालीन समस्याका लागि हामीले दिनगन्ती सुरु गर्र्छौँ,’ लामिछानेले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?