+
+
Shares

बराह क्षेत्रलाई बाली र मालदिभ्सजस्तो बनाउन सकिन्छ : बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले बराहक्षेत्रलाई विश्वकै पहिलो धार्मिक स्थलभन्दै यसको विकास गर्न आवश्यक रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १६:२९

१२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले बराहक्षेत्रलाई विश्वकै पहिलो धार्मिक स्थलभन्दै यसको विकास गर्न आवश्यक रहेको बताएका छन् ।

सुनसरीको इटहरीमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै इन्डोनेसियाको बाली, मालदिभ्सजस्तो विकास गर्न सकिने बताएका हुन् ।

‘विश्वको पहिलो तीर्थस्थल कुन हो, थाहा छ तपाईहरूलाई?- हाम्रै बराहक्षेत्र । यो हामी नेपालीलाई पनि कतिलाई थाहा छैन । त्यो थाहा दिन चाहन्छौँ । त्यो थाहा दिने मान्छे बनौँ, त्यो थाहा दिन सिस्टम बनाउन चाहन्छौँ,’ उनले भने,’ उनले भने, ‘बराहको कोस्टल क्षेत्र इन्डोनेसियाको बाली, मालदिभ्स जस्तो विकास गर्न सकिन्छ लाग्यो । त्यस्तो विकास गर्ने पार्टी बन्न चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?