झापा । सशस्त्र युद्धकालदेखि नै माओवादी विचारसँग जोडिएका रन्जित तामाङले विद्यार्थी छँदै सेनाको कुटाइ खाए, पुलिसको हिरासत बसे ।
अखिल क्रान्तिकारीको इतिहासमा पहिलोपल्ट निर्वाचित हुने केन्द्रीय अध्यक्षको इतिहास यिनै रन्जित तामाङले बनाए । दमकका स्थानीय बासिन्दा रन्जित ०७९ मै झापा ५ मा एमाले अध्यक्ष केपी ओलीसँग लड्न चाहन्थे । तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नउठ्न भन्दै जोड गरेपछि उनी रोकिए ।
०८४ को चुनाव तयारी गर्दै स्थानीयसँग संवादमा रहेका रन्जितसामू ०८२ को चुनाव लड्ने अवस्था जेनजी विद्रोहले सम्भव गराइदियो ।
अहिले उनी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार छन् । तारा चिह्नका लागि मत माग्दै आफ्ना प्रतिबद्धता सुनाइरहेका रन्जित तामाङसँगको प्रश्नोत्तर यो भिडियोमा उपलब्ध छन् ।
नेकपाका केन्द्रीय सदस्य रन्जित तामाङसँग उनको चुनावी अवस्था, अोली र रास्वपा उम्मेदवार बालेनलगायतसँग उनको प्रतिस्पर्धा लगायत मुद्दामा केन्द्रित रहेर गरिएको यो कुराकानी-
प्रतिक्रिया 4