+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रास्वपाले गर्‍यो विपदमा गृह प्रशासनको सक्रियताको सराहना

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते २०:०१

२३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढी पहिरो तथा विपद् प्रभावित तथा पीडित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा गृह प्रशासनले गरेको कामको सराहना गरेको छ ।|

पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार, गृह प्रशासनले विभिन्न क्षेत्रका प्रभावित तथा पीडित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि गरेको व्यापक पूर्वतयारी एवम् हालका पहलहरुको सराहना गरेका हुन् ।

‘केही दिनदेखि देशका विभिन्न भागमा लगातार परिरहेको अविरल वर्षाको प्रभावका कारण आएको बाढी पहिरो जस्तो प्राकृतिक प्रकोपले ठूलो जनधनको क्षति हुनुका साथै आम नागरिकले कष्टकर परिस्थितिको सामना गर्न परिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ,’तर, सबै प्रकोप प्रभावित स्थानहरूमा सरकारी संयन्त्रकाे पहलकदमी अभाव हुनसक्नेतर्फ रास्वपा सचेत रही सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चाहान्छौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टी पंक्तिका विभिन्न तहका समिति, संयन्त्र र सदस्यहरुले आफू सुरक्षा समेतलाई ध्यान दिई सर्तकतापूर्वक आ–आफ्नो स्थानीय क्षेत्रमा बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक प्रकोपका कारण विपद् पीडित तथा प्रभावितहरुको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्न यथा सम्भव आफू खटेर अरूलाई पनि खट्न र उद्धार कार्यमा संलग्न हुन प्रोत्साहन गर्दै सहयोग गरिदिन पनि विज्ञप्तिमा अपील गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?