+
+
Shares

विदेशी मुद्रा सञ्चिति २० खर्ब नजिक, साढे १२ महिनाको आयात धान्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते १८:०९

२६ असार, काठमाडौं । नेपालको विदेशी विनिमय सञ्चिति (विदेशी मुद्रा) करिब २० खर्ब नजिक पुगेको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बुधबार प्रकाशित गरेको चालु आर्थिक वर्ष (आव) २०८०/८१ को जेठसम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले उक्त तथ्यांक देखाएको हो  ।

२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ जेठ मसान्तमा आउँदा २७.८ प्रतिशतले बढेर १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ जेठ मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब ४२ करोड कायम भएको छ ।

२०८१ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको राष्ट्र बैंकले  जनाएको छ ।

हाल बैंकिङ प्रणालीमा रहेको विदेशी विनिमय सञ्चितिले आव २०८०/८१ को एघार महिनाको आयातलाई आधार मान्दा १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

२०८१ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात  ३४.५ प्रतिशत, कुल आयातसँगको अनुपात १०५.२  प्रतिशत र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू २९.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?