+
+

स्थानीय व्यापारिक फर्म नियमनको अधिकार प्रदेशमा हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १३:२६
फाइल तस्वीर

३० असार, काठमाडौं । स्थानीय व्यापारको नियमन अब प्रदेश सरकारबाट हुने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार १ साउन २०८१ देखि काठमाडौं, भक्तपुर र ललितपुर ठेगाना रहेका र स्थानीय व्यापारको उद्देश्य भएका व्यावसायिक फर्मको नियमन सुरु गर्न लागिएको छ ।

विभागमा दर्ता भएका प्राइभेट फर्मको सक्कल फाइल प्रदेश सरकार अन्तर्गतका घरेलु तथा साना उद्योग कार्यालयमा हस्तान्तरण सुरु गरिएको छ ।

अब स्थानीय व्यापारको नवीकरण, संशोधन, पूँजीवृद्धि, प्रतिलिपि, खारेजी लगायतको काम सोही कार्यालयबाट हुने समेत विभागले जनाएको छ ।

नेपालको संविधानले स्थानीय व्यापारको नियमनको अधिकार प्रदेश सरकारलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?