+

राति निद्रा नपरेर अफिसको काम प्रभावित भएको छ ? यस्ता छन् ५ उपाय

२०८१ असार  ३० गते १८:२३ २०८१ असार ३० गते १८:२३
राति निद्रा नपरेर अफिसको काम प्रभावित भएको छ ? यस्ता छन् ५ उपाय

काठमाडौं । शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न स्वस्थकर खानपान, व्यवस्थित जीवनशैली र व्यायामको जरुरी हुन्छ । यसमा अर्को छुटाउनै नहुने कुरा हो निद्रा ।

एक वयस्क व्यक्तिलाई दैनिक सातदेखि आठ घण्टा अनिवार्य सुत्नु जरुरी हुने चिकित्सकहरु बताउँछन् । बालबालिकाले १०-१२ घण्टा र वृद्ध उमेरका व्यक्तिले कम्तीमा ६-७ घण्टा सुत्नु आवश्यक हुन्छ ।

तर अहिलेको व्यस्त जीवनशैली, तनाव, गलत खानपानले राति राम्ररी निद्रा नपर्ने समस्याबाट धेरै व्यक्ति पीडित छन् । यसमा कुनै रोगले पनि निद्रामा असर पुर्‍याउन सक्छ ।

अझ कामकाजी व्यक्तिलाई रातभर निद्रा नपर्दा भोलिपल्ट दिनभर कार्यालयको कामै बाधा पुग्छ । थकान र आलस्यले कामै प्रभावित हुने अवस्था आउन सक्छ ।

निद्राको कमीले काममा ध्यान केन्द्रित हुन नसक्नुका साथै टाउको दुख्ने, चिडचिडापन, पाचन प्रक्रियामा गडबडी जस्ता समस्या निम्तिन्छन् । राति निद्रा नआउने वा आएपनि ढिलो आउने हुन्छ भने केही उपाय अपनाउन सकिन्छ । जुन उपायले राम्रो र गहिरो निद्राका लागि यथेष्ठ फाइदा पुग्छ, जसले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ ।

राम्रो र गहिरो निद्राका लागि के गर्ने ?

– राम्रो र गहिरो निद्रा पाउन चाहनुहुन्छ भने ओछ्यानको सरसफाइमा ध्यान दिनुहोस् । जति सफा र चिटिक्क ओछ्यान हुन्छ त्यति नै गहिरो र छिटो निद्रा पर्छ । ओछ्यानमा उज्यालोले समस्या बनाउँछ भने ब्लाकआउट कटनको प्रयोग समेत गर्न सकिन्छ । यसले कोठाको उज्यालो र तापमानलाई पनि सन्तुलनमा राख्न सहयोग पुर्‍याउँछ । जसकारण राम्रो निद्रामा सहयोग पुग्छ ।

– हाम्रो शरीरभित्र एक बायोलोजिकल घडी हुन्छ, जसलाई सर्केडियन रिदम भनिन्छ । यो तपाईंको सुत्ने र उठ्ने समयलाई प्रभावित बनाउँछ । त्यसैले राम्रो निद्राका लागि हरेक दिन एउटै समयमा सुत्ने र उठ्ने गर्नुपर्छ । यसले तपाईंको निद्राको समस्या कम गर्न मद्दत गर्छ ।

– त्यस्तै सुत्नुअघि ध्यान वा मेडिटेसन गरे तनाव कम हुन्छ र राम्रो निद्रा पर्छ ।

– सुत्नुभन्दा केही घण्टा अघि हल्का खानेकुरा खानु राम्रो हुन्छ । चिल्लो, तारेको र मसालेदार खानेकुराले पाचन प्रणालीमा समस्या ल्याउने भएका निद्रा पर्नमा समस्या ल्याउँछ । पेट गडबडी हुने, पेट दुख्ने जस्ता समस्या आउँदा राति निद्रा बिथोलिन्छ ।

– अहिले मोबाइल, ल्यापटप, कम्प्युटर विनाको जीवन सोच्न सकिंदैन । तर राति सुत्नुअघि यी कुरामा भुल्दा ब्लु लाइटका कारण निद्रामा असर पुग्छ । जसकारण राम्रो निद्रा पर्नमा समस्या सिर्जना हुन्छ । त्यसैले राति सुत्नुभन्दा केही समयअघिबाटै यी कुराको प्रयोग नगर्नु राम्रो हुन्छ ।

एजेन्सीको सहयोगमा

जीवनशैली निद्रा स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘सपना नदेखेको धेरै रात भयो’

‘सपना नदेखेको धेरै रात भयो’

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?