+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

पूरक बजेट आउँदैन : अर्थमन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३१ गते १५:०१

३१ असार, काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूरक बजेट नल्याइने बताएका छन् । मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै मन्त्री पौडेलले सरकारका योजना कार्यान्वयन गर्न अहिलेको बजेट बाधा नहुने भन्दै नयाँ बजेट ल्याउनु नपर्ने बताएका हुन् । ‘नयाँ सरकारका सोच कार्यान्वयनमा बजेटबाट बाधा परेको अवस्थामा त्यसलाई फुकाउन अन्य वैकल्पिक उदाहरणहरु समेत छन्,’ उनले भने, ‘त्यसो हुँदा पूरक बजेट नै ल्याउनुपर्ने बाध्यता छैन ।’

एमालेले राष्ट्रियसभामा हालेको बजेट संशोधनको प्रस्तावमा के हुन्छ भन्ने प्रश्नमा उनले त्यसको जवाफ आफूले राष्ट्रिय सभामा नै दिने बताए ।

निजी क्षेत्रमा रहेको निराशा चिर्दै आशा जगाउनेगरी आफूले कार्य गर्ने उनको भनाइ छ । सेयर बजार जुवाघर नभई अर्थतन्त्रको ऐना रहेको मन्त्री पौडेलको भनाइ छ । आफूले बजारका लागि अनुकुल परिस्थिति बनाउने उनले प्रतिवद्धता जनाए ।

अर्थमन्त्री पौडेलले पदभार सम्हाल्ने क्रममा वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका छन् ।‌ ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले त्यस्ता स्रोत लिन सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?