३१ असार, काठमाडौं। प्रधानमन्त्री केपी ओली सरकारी निवास बालुवाटार सरेका छन् ।
सोमबार प्रधानमन्त्रीको शपथग्रहणकै दिन उनी बालुवाटार निवास सरेका हुन् ।
ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार सोमबार दिनभरिको काम सकेर ओली बालुवाटार पुगिसकेका छन् ।
सोमबार बालकोट निवासबाट शपथग्रहणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री ओली त्यसपछि सहिद स्मारक गएका थिए । फर्केर एमाले कार्यालय च्यासल गए । सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्रिपरिषद् बैठक राखे । साँझ उनी बालुवाटार निवास पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4