
फाइल तस्वीर
४ साउन, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट ज्वाङखोला नजिकबाट एक ट्रक सहचालकले त्रिशूलीमा हामफालेका छन् ।
शुक्रबार बिहान करिब ८ बजे मकवानपुरगढी गाउँपालिकाका ३२ वर्षीय वीरबहादुर योञ्जनले त्रिशूलीमा हामफालेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
उनी ना ६ ख ४९४७ नम्बरको ट्रकमा सहचालकको रूपमा काम गर्दै आएका छन् । प्रहरीले उनको खोजी भइरहेको र ट्रकका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4