+
+
Shares

संविधान संशोधनमा ओली अडान : मैले ब्याक गियर लगाउन जानेको छैन (पूर्ण पाठसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १५:१७

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा राष्ट्रिय सहमति जुट्ने विश्वास व्‍यक्त गरेका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा सिंगो देश एक हुने बताएका हुन् । ‘मलाई आशा छ, यस मामिलामा सिंगो देश एक हुनेछ । यसमा राष्ट्रिय सहमति हुनेछ’, ओलीले भने ।

विकासको मुख्य तगारो अस्थिरता भएकाले त्यसलाई हटाउन संविधान संशोधन आवश्यक परेको पनि ओलीले बताए । ‘अस्थिरता हटाउन संविधानमा संशोधन चाहिन्छ भने हामीले गर्नुपर्छ । हामीले बुझ्नुपर्ने कुरा के छ भने संविधान विकासको बाहक हुनुपर्छ, बाधक होइन’ ओलीले भने, ‘विकासको लागि संविधान जहाँनेर बाधक बनेको छ, त्यहाँ संशोधन हुन्छ ।’

संविधान संशोधन प्रतिगमन नभएको प्रष्टोक्ति दिदै ओलीले यो अडानबाट पछि नहट्ने प्रतिबद्धता नै गरे । ‘म सधैं अघि बढ्ने मानिस हुँ, मैले आफ्नो यात्रामा व्याक गियर लगाउन र पछि सर्न जानेको छैन’, ओलीको अडान थियो ।

हेर्नुहोस् प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेको पूर्ण पाठ : 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?