+
+

नेपाल र चिनियाँ पर्वतारोहण संघबीच सहकार्य गर्ने सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १६:३५

६ साउन, काठमाडौं । नेपाल पर्वतारोहण संघ र चिनियाँ पर्वतारोहण क्षेत्रमा काम गर्ने चिनियाँ सरकार मातहतको सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच द्विपक्षीय सहकार्य सम्बन्धी सम्झौता भएको छ ।

उच्च पर्वतारोहण क्षेत्रमा दुई देशबीचको ज्ञान, सीप आदान प्रदान तथा दुर्घटनामा तत्काल उद्धारमा सहकार्य गर्ने बारे द्विपक्षीय सम्झौता भएको हो ।

नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय निकाय वा सरकारसँग गरेको यो अहिलेसम्मकै ठूलो सम्झौता भएको बताएको छ ।

दुई संस्थाबीच हाइ अल्टिच्यूड माउन्टेन रेस्क्यू मेकानिजम स्थापना गर्ने सहमति भएको छ ।

नेपाल र चीनका सरकारी प्रतिनिधि र संघका प्रतिनिधि रहने यस्तो मेकानिजमले उद्धारको कामलाई छिटो, छरितो र प्रभावकारी बनाउने संघले उल्लेख गरेको छ ।

संघ र सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच संस्कृतिको प्रवर्द्धन गर्ने सहमति समेत भएको छ ।

त्यसका लागि दुवै निकाय मिलेर हिमालयन माउन्टेनियरिङ कल्चरल सेन्टर निर्माण गर्ने सहमति समेत भएको छ ।

दुई निकायबीच दुवै देशको सीमा क्षेत्रमा रहेको सगरमाथा क्षेत्रको वातावरण संरक्षणलाई विशेष प्राथमिकता दिएर काम गर्ने सहमति समेत भएको छ ।

सगरमाथा लगायतका हिमालको आरोहणमा जाने आरोहीलाई थप जिम्मेवार बनाउँदै हिमाली वातावरणको संरक्षणमा काम गर्ने समेत सहमति भएको छ ।

दुई निकायबीच आरोहण क्षेत्रमा अनुभवि जनशक्ति उतपादन गर्ने सहमति समेत भएको छ ।

सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघले उच्च स्तरको पर्वतारोहण तालिम लिन जनशक्ति अब आरोहीलाई नेपाल पठाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?