+
+
Shares

वैदेशिक रोजगारीमा धेरै जाने जिल्लामा धनुषा पहिलो, झापा दोस्रो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते ८:५०

९ साउन, काठमाडौं । बितेको एक वर्षमा तराईका जिल्लाहरुबाट सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएका छन् । हिमाली जिल्लाबाट भने सबैभन्दा कम गएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जानेमा धनुषा पहिलो छ भने झापा दोस्रो जिल्ला रहेको छ । आर्थिक वर्ष ०८०/८१ मा धनुषाबाट ३९ हजार १०७ जना र झापाबाट ३४ हजार ३६२ जना वैदेशिक रोजगारीमा गएका छन् ।

त्यस्तै धनुषा र झापापछि वैदेशिक रोजगारीमा धेरै जाने जिल्लमा मोरङ, सिराह, महोत्तरी, सुनसरी, रुपन्देही, सर्लाही र सप्त्तरी रहेका छन् । विभागका अनुसार मोरङमा ३१ हजार ९७, सिराहमा ३० हजार ९३०, महोत्तरीमा २७ हजार ३५०, सुनसरीमा २३ हजार ९४९, रुपेन्देहीमा २३ हजार ६०६, सर्लाहीमा २१ हजार २४३, सप्तहरीमा २० हजार ४६० जना वैदेशिक रोजगारीमा गएका छन् ।

यो नयाँ र पुरानो श्रम स्विकृति लिने दुवैको संख्या हो । यी जिल्लाहरुबाट रोजगारीका लागि सबैभन्दा धेरै युएइ, साउँदी, मलेशिया गएका छन् ।

त्यस्तै वैदेशिक रोजगारीमा सबैभन्दा कम जाने जिल्लामा हिमाली जिल्ला रहेका छन् । जस अनुसार मनाङबाट १७९, मुस्ताङबाट २५९, मुगुबाट ५३७, हुम्लाबाट ५६१ र डोल्पाबाट ५१२ वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ छ । यो नयाँ र पुरानो श्रम स्विकृति लिने दुवैको संख्या हो । गत आर्थिक वर्ष ०८०/०८१ मा ७ लाख ४१ हजार नेपाली विदेश गएका छन् ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?