१२ साउन, काठमाडौं । चीनले पेरिस ओलम्पिक २०२४ को पहिलो स्वर्ण जितेको छ । औपचारिक उद्घाटन भएको भोलिपल्ट शनिबार चीनले सुटिङ अन्तर्गत १० मिटर एअर राइफ मिक्स इभेन्टमा स्वर्ण जितेको हो ।
स्वर्ण पदकको लागि भएको खेलमा चीनले दक्षिण कोरियालाई १६-१२ ल पराजित गरेको हो । चिनिया जोडी हुवाङ युतिङ र शेङ लिहाओले मिलेर स्वर्ण जितेका हुन् ।
तर यो जोडी स्वर्ण जित्दा पेरिसमा भन्दा बाहिर थियो । पेरिसबाट बसमा करिब ३ घण्टाको दूरीमा रहेको चाटेउरोक्समा रहेको सुटिङ रेन्जमा शनिबार बिहान उनीहरुले आफ्नो देशको लागि पहिलो स्वर्ण जिताएका हुन् ।
चीनले तीन वर्षअघि जापानमा भएको टोकियो २०२० मा पहिलो स्वर्ण पदक जितेको थियो ।
शनिवारै काजाखस्तानका अलेजान्द्रा ले र इस्लाम सातपायेकले जर्मनीका अन्न जानसेन र म्याक्सिमिलियन उलब्रिनचलाई १७-५ को ले पराजित गर्दै कांस्य पदक जितेका थिए ।
पेरिस ओलम्पिकमा शनिबार नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । टेबलटेनिसका श्यान्टु श्रेष्ठले मेन्स सिंगल्सको प्रारम्भिक चरणमा सेनेगलका खेलाडी इब्राहिमसँग खेल्दैछन् । यस खेल जितेमा उनी अराउण्ड अफ ६४ मा प्रवेश गर्नेछन् । यस्तै ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले समूह पी को पहिलो खेलमा विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टो एक्सेलसनको सामना गर्नेछन् ।
३३औं समर ओलम्पिकमा विश्वका २०६ देशबाट १० हजार ७१४ खेलाडीले ३२ खेलको ३२९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4