१३ साउन, काठमाडौं । यातायात व्यवस्था विभागको सर्भरमा पटक–पटक समस्या आउँदा सेवाग्राही समस्यामा पर्ने गरेका छन् ।
विभागले सोमबारका लागि निर्धारण गरेको ट्रायल सर्भरमा आएको समस्याका कारण नहुने भएको हो । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र शाखाले आइतबार सूचना प्रकाशन गर्दै सोमबारका लागि तोकिएको ट्रायल परीक्षा मंगलबार सरेको जनाएको छ ।
‘१३ साउन आइतबार वर्ग थप गरी राजस्व बुझाएका सबै सेवाग्राहीको ट्रायल परीक्षा सोमबार हुन्छ भनिएकोमा यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्याका कारण १५ साउन (मंगलबार) का दिन हुनेछ,’ विभागको सूचनामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4