+
+

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १६ गते ९:२८

४ साउन, काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ बुधबार बाँडफाँट भएको छ । कुमारी क्यापिटलले नागपोखरीस्थित कार्यालयमा एक कार्यक्रम आयोजना गरी एफपीओ बाँडफाँट गरेको हो ।

एफपीओमा रितपूर्वक आवेदन दिएका १५ लाख ६३ हजार ३२२ आवेदकमध्ये ४ हजार ६७२ जनाले सेयर पाएका छन् । तीमध्ये ९ जनाले थप १ कित्ताका दरले कुल ११ कित्ता पाएका छन् भने बाँकीले १० कित्ताका दरले पाएका हुन् ।

बाँकी १५ लाख ५८ हजार ६५० को हात रित्तो भएको छ । १ हजार १०१ आवेदन रद्द भएका थिए । एफपीओको नतिजा केही बेरपछि आईपीओरिजल्ट डट सीडीएससीमा हेर्न सकिनेछ ।

सर्वसाधारणका लागि कम्पनीले साउन ४ देखि एफपीओ जारी गरेको थियो । सूर्योदय र वोमी लघुवित्त एकआपसमा गाभिएर बनेको यस संस्थाको सर्वसाधारण समूहतर्फ ३० प्रतिशत सेयर नपुगेपछि एफपीओ जारी भएको हो ।

अंकित मूल्य १०० रुपैयाँमै कम्पनीले सर्वसाधारणलाई एफपीओ जारी गरेको थियो । कम्पनीको चालु आर्थिक वर्षमा गत चैत मसान्तसम्म प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ३८ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३६ पैसा छ भने सञ्चित नाफा १७ करोड ५५ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?