+
+
Shares

चेस ओलम्पियाडमा सहभागी हुने टिमले क्लोज क्याम्पमा तयारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १९:२०

२२ साउन, काठमाडौं । विश्व बुद्धिचाल महासंघको आयोजनामा सेप्टेम्बर ९ देखि २३ सम्म हंगेरीको बुढापेष्टमा हुने ४५ औं चेस ओलम्पियाडका लागि नेपालले क्लोज क्याम्पमा तयारी गर्ने भएको छ ।

नेपाल बुद्धिचाल महासंघले पुरुषतर्फ कोषाध्यक्ष ताराबहादुर रानाभाट र महिलातर्फ केन्द्रीय सदस्य राजु ताम्राकारको नेतृत्वमा दुई टोलीको सहभागिता गराउने निश्चित गरेको छ ।

४५ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली खेलाडीका लागि नेपाल बुद्धिचाल महासंघले बुधबारदेखि ठमेलस्थित होटल सत्कारमा बन्द प्रशिक्षण सञ्चालन गर्ने प्रबन्ध मिलाएको संघले जनाएको छ ।

नेपाली टोलीको खेलस्तर वृद्धि गर्न र प्रशिक्षणका लागि संघले अजिब क्याक्ट काजिलेभलाई ल्याएको छ । काजिलेच मंगलबार काठमाडौं आइपुगेका छन् ।

लगभग विश्वभरका सबै राष्ट्रको सहभागिता रहने चेस ओलम्पियाडमा नेपाली पुरुष टोलीले समूह डी मा रहेर अन्तर्राष्ट्रिय स्पर्धामा सहभागिता जनाउने छ ।

गत वैशाखमा सम्पन्न २४ औं नेसनल चेस च्याम्पियनसिप तथा ओलम्पियाड छनोटमा उत्कृष्ट खेलाडी झापाका नेपाल च्याम्पियन २०१९ रेटड राजन सुवेदी, २००५ रेटेड सिएम शुश्रुत दाहाल, काभ्रेका फिडे मास्टर २०९० रेटेड क्षितिज भण्डारी, रौतहटका २०३९ रेटेड रुपेश जयसवाल र नेपाली उच्च वरीयता खेलाडी सिएम २२८२ रेटेड विवेक थिङ खुलातर्फको टोलीमा रहन सफल भएका छन् ।

त्यसैगरी महिला नेसनल च्याम्पियनसिपमा उत्कृष्ट भएका पाँच खेलाडीमध्ये काठमाडौंकी १७०८ रेटेड सिन्दिरा जोशी, झापाकी १७४६ रेटेड कृतिसारा अधिकारी, कास्कीकी १६८४ रेटेड पूजा भण्डारी, मोरङकी १६७८ रेटेड शान्ति धिमाल र काठमाडौंकी युवा १६ राष्ट्रिय च्याम्पियन १६४० रेटेड रिया श्रेष्ठले उक्त क्लोज क्याम्पमा सहभागिता जनाउने छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?