+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

आतंकवादी आक्रमणको त्रासपछि टेलर स्वीफ्टको अष्ट्रिया कन्सर्ट स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते ११:३९
फाइल तस्वीर

काठमाडौं । आतंकवादी आक्रमणको त्रासपछि अष्ट्रियामा हुने तयारीमा रहेको अमेरिकी पपस्टार टेलर स्वीफ्टका तीन पूर्वनिर्धारित कन्सर्ट स्थगित गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हजारौं मानिस भेला हुने तयारीमा रहेको बेला आक्रमणको योजना बुन्ने दुई जनालाई अष्ट्रियन अधिकारीले पक्राउ गरेका छन् ।

गायिका स्वीफ्टको बहुचर्चित इरास टुरअन्तर्गत अष्ट्रियाको अर्नेस्ट ह्यापेल स्टेडियममा बिहीबार, शुक्रबार र शनिबार कन्सर्ट आयोजना हुन गइरहेको थियो । बुधबार अस्ट्रियाको राजधानी भियन्ना वरपरका क्षेत्रमा ठूला कार्यक्रममा इस्लामिक आक्रमणको योजना बनाएको शंकामा ती दुई जना पक्राउ परेका हुन् ।

आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारी अधिकारीले अर्नेस्ट ह्यापल स्टेडियममा नियोजित आतंकवादी आक्रमणको पुष्टि गरेपछि हामीसँग सबैको सुरक्षाका लागि योजनाबद्ध तीन कार्यक्रम रद्द गर्नुको विकल्प छैन । सबै टिकट स्वचालित रूपमा १० कार्यालय दिनभित्र फिर्ता हुनेछन् ।’

अस्ट्रियाका सार्वजनिक सुरक्षा मामिला हेर्ने महानिर्देशक फ्रान्ज रुफले १९ वर्षीय अस्ट्रियाली नागरिकलाई देशको दक्षिणी प्रान्तको टर्निट्जबाट बुधबार बिहान पक्राउ गरिएको बताए । अर्का व्यक्तिलाई भने बुधबार दिउँसो भियन्नाबाट पक्राउ गरिएको थियो । उनीहरु इन्टरनेटमार्फत कट्टरपन्थी गतिविधि फैलाउने कार्यमा सक्रिय रहेको रुफले बताए ।

अस्ट्रियाका चान्सलर कार्ल नेहामरले एक्स मार्फत विज्ञप्ति जारी गर्दै कन्सर्ट रद्द हुनु फ्यानका लागि निराशाजनक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?