२७ साउन, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको नाफामा उच्च वृद्धि देखिएको छ ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आव २०७९/८० को तुलनामा ५.७ गुणा बढेको हो । कम्पनीले गत आवमा ६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो आवको यसै अवधिमा १ करोड १७ लाख कमाएको थियो । बिजनेस र आम्दानी बढेर कम्पनीको नाफा बढेको होइन । कम्पनीको मुख्य बिजनेसवापतको कुल आम्दानी ३२ प्रतिशत घटेको छ ।
कुल आम्दानी घट्दा पनि नाफा बढ्नुको मुख्य कारण कम्पनीको वित्तीय सम्पत्ति मूल्यांकनमा पाएको लाभ (प्रोफिट अन फियर भ्यालु चेन्जेज अफ फाइनान्सियल एसेट्स) लाई देखाइनु हो । यस्तो लाभ ७ करोड ४ लाख रुपैयाँ थपिँदा नाफामा उच्च वृद्धि देखिएको हो ।
कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५३ पैसा छ । प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ९७ पैसा छ । दोस्रो बजारमा उल्लेख्य कारोबार हुने गरेको यस कम्पनीको मूल्य प्रतिकित्ता ९९९ रुपैयाँ ६० पैसा छ ।
प्रतिक्रिया 4