२७ साउन, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।
बकैया गाउँपालिका–५ पावसस्थित सिमात खोलाले बगाएर ६५ वर्षीय आशाकाजी दोङको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
उनी १० बजे घरबाट पैसा झिक्न भन्दै चेक बोकेर बैंक भएको ठाउँ गरगरे बजारतर्फ हिँडेका थिए ।
स्थानीय दूध संकलन केन्द्रले दूधको १३ हजार रुपैयाँ जम्मा गरिदिएकाले बकैयाको गरगरेस्थित कृषि विकास बैंकमा पैसा झिक्न जाने क्रममा खोलाले बगाएको इलाका प्रहरी कार्यालय फापरबारीका इञ्चार्ज प्रहरी निरीक्षक नारायण थापाले बताए ।
खोलाले दोङलाई बगाएर करिब ७ सय मिटर तल पुर्याएको थियो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4