
२९ साउन, काठमाडौं । कागेश्वरी मनोहरास्थित लाभइ बेकरीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई लाख रुपैयाँ जरिबाना तिराएको छ ।
विभागको टोलीले सोमबार गरेको अनुगमन पछि सो बेकरीलाई २ लाख जरिबाना तिराइएको विभागले उल्लेख गरेको छ ।
रिलेबलङि गरेको, गुणस्तर, परिमाण, मूल्य तथा नापतौलमा समेत हेरफेर गरेको पाइएपछि सो बेकरीलाई जरिवाना तिराइएको विभागले जनाएको छ ।
विभागले सोमबार कै अनुगमनबाट गौरङ सारिज प्रालि र पिटस्टक इनकर्पोरेटेड प्रालिलाई ५०/५० हजार जरिबाना तिराएको छ ।
उक्त कम्पनीमाथि दर्ता प्रमाणपत्र र मूल्य सूची नराखेको कसुरमा जरिबाना गरिएको विभागको विवरणमा उल्लेख छ ।
सोमबार नै अनुगमनबाट फर्निरच एण्ड फर्निसिङ हाउस ललितपुर र सरस्वती खाद्य किराना पसललाई समेत १०/१० हजार जरिवाना गरिएको छ । यी पसलहरुले खरिद बिल बिजक नराखेको कसुरमा जरिवाना तिराइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4