+
+

नेपालमा उत्पादित दूधलाई बंगलादेश र चीनमा निर्यात गर्न सकिन्छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २९ गते १५:००

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली दुग्ध किसानले उत्पादन गरेको दूध बंगलादेश र चिनियाँ बजारमा निर्यात गर्न सकिने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद थापाले नेपाली दुग्ध किसानको समस्य हल गर्न कृषिमन्त्री राधेश्याम अधिकारी र उद्योगमन्त्री दामोदर भण्डारीलाई सुझाव दिँदै यस्तो बताएका हुन् ।

‘हाम्रो निजी साथीहरूले जुन मिहिनेत गर्नु भएको छ, यसका लागि कृषिमन्त्री र उद्योगमन्त्रीले थोरै पहल गरेर निर्णय गर्ने हो भने हाम्रो दूधका लागि बजार खुल्छ,’ उनले भने ।

उनले नेपाली किसानले दूध बढी उत्पादन गरेको बेलामा बंगलादेश र चीनमा निर्यात गर्न सके किसानहरूले मूल्य धेरै पाउन सकिने बताए । यसका लागि दुवै जना मन्त्रीले थोरै ध्यान दिन सके यो काम सम्भव रहेको उनले बताए ।

सांसद थापाले रासायानिक मल वितरण र वन्यजन्तुले बालीमा पुर्‍याएको क्षतिको विषयमा कृ मन्त्रीको ध्यानाकर्षण समेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?