३० साउन, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा बुधबार प्रतिनिधिसभामा छलफल हुँदैछ । बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयकमा बुधबार छलफल हुन लागेको हो ।
छलफल सुरु हुनुअघि प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । प्रधानमन्त्रीको सम्बोधनपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले टीआरसी विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।
प्रतिनिधिसभामा बुधबार टीआरसी विधेयक र उक्त विधेयकमाथि कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनमाथि छलफल हुनेछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि उक्त विधेयकमाथिको छलफलमा भाग लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4