+
+
Shares

श्रीमती हत्या आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते २०:४२

३० साउन, हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ परेका छन् ।

कैलाश–५ कालीखोलास्थित काफलडाँडाका मंगलबहादुर पाख्रिनलाई पक्राउ गरी १० दिन हिरासतमा राख्न जिल्ला प्रहरीले अदालतबाट अनुमति लिएको छ ।

पाख्रिनले २७ साउन साँझको समयमा २० वर्षीया श्रीमती लक्ष्मी पाख्रिनको हत्या गरी वनमा गाडेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।

घरायसी विवादमा पाख्रिनले श्रीमतीलाई घरभित्र बञ्चरो प्रहार गरी हत्या गरेको पाइएको मकवानपुरका प्रहरी प्रवक्ता ओम पण्डितले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?