+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
१२ बलमा १९ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
111/5 (17.6)
Shares

गट्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १५:३२

३१ साउन, काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको थियो ।

दुर्घटनामा स्कुटरमा सवार ४०/४५ वर्षका पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख वेद विष्टले जानकारी दिए ।

दुर्घटनापछि आक्रोशित मानिसहरुको भिड जम्मा भएको छ । उनीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । अहिले सवारी आवागमन प्रभावित भएको छ ।

प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ । अहिले गठ्ठाघरको अवस्था तनावग्रस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?